‘जलाकी’ बाट घरेलु फिल्म अभिनयमा डेब्यू गरेकी साहारा हाङमा लिम्बुको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ । बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो ।

उनी फिल्मकी शीर्ष अभिनेत्री हुन् । पोस्टरमा उनी मगर पोशाकमा सोचमग्न देखिएकी छन् । यो फिल्ममा उनले आधुनिक सोच बोक्ने युवती र स्वतन्त्रता रुचाउने भूमिका निर्वाह गरेको जनाइएको छ ।
Image and news source: OnlineKhabar
