इजरायली फिल्मकर्मी युवाल अब्राहम र रेचल जोर निर्देशित नयाँ डकुमेन्ट्री ‘नाजा’ले भेनिस फिल्म फेस्टिभलमा कीर्तिमान बनाएको छ । बिहीबार आयोजित प्रिमियरमा फिल्मले साढे २४ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको हो ।
यो भेनिस फिल्म फेस्टिभलको इतिहासमै सबैभन्दा लामो ‘स्ट्यान्डिङ ओभेसन’ भएको बताइएको छ । यसले गत वर्ष ‘द भ्वाइस अफ हिन्द रजब’ले पाएको २२ मिनेटको कीर्तिमान तोडेको छ ।
